Logo

स्पेनको ज्वालामुखी तीन महिनापछि रोकियो



एजेन्सी, १२ पुस। स्पेनको क्यानरी टापु ला पाल्माको ज्वालामुखि तीन महिनापछि रोकिएको त्यहाँका अधिकारीहरुले घोषणा गरेका छन् ।वैज्ञानिकहरुले ला पाल्माको ज्वालामुखी विस्फोट भएको तीन महिनापछि सो ज्वालामुखी आधिकारिक रुपमा रोकिएको घोषणा गरेका हुन्।

कुम्ब्रे भियजा नाम दिइएको सो ज्वालामुखी गत सेप्टेम्बर १९ मा पहिलो पटक विस्फोट भएको थियो।विस्फोटपछि निरन्तर रुपमा निस्किरहेको लाभा डिसेम्बर १३ देखि रोकिएको वैज्ञानिकहरुले बताएका छन्।

ज्वालामुखी विस्फोट भएको करिब १ सय दिनपछि वैज्ञानिकहरुले शनिबार लाभा रोकिएको घोषणा गरेका हुन्।सो घोषणापश्चात त्यहाँका स्थानियले राहतको श्वास लिन पाएको बताएका छन्। वैज्ञानिकहरुले सार्वजनिक गरेको अन्तिम रिपोर्टअनुसार कुम्ब्रे भियजा ज्वालामुखीबाट निस्केको लाभाले ला पाल्मा क्षेत्रको करिब १३ सय हेक्टर क्षेत्रफल जमिन ढाकेको छ। ३ महिनाअघि विस्फोट भएको सो ज्वालामुखीले झन्डै ३ हजार घरमा क्षती पुगेको थियो भने प्रभावित क्षेत्रबाट करिब ७ हजारभन्दा बढी मानिस विस्थापित बनेका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot