Logo

कोरोना महामारीकै बखत १ अर्ब डलर कमाउने चलचित्र



एजेन्सी, १२ पौष । विश्व अझै कोरोना भाइरसको महामारीसँग संघर्षरत छ । आर्थिक क्षेत्रमा नकारात्मक असर परिरहेको छ । विशेषगरी मनोञ्जन क्षेत्रमा धक्का परेको छ ।

महामारीको बाबजुद स्पाइडर म्यान नो व होमले १ अर्ब अमेरिकी डलर कमाइरहेको छ । यो नेपाली रुपैयाँ १ खर्बभन्दा बढी हो । विश्वव्यापी बक्स अफिसमा स्पाइडर म्यान महामारीयता १ अर्ब डलर कमाउने किर्तिमान बनाउन सफल भएको छ । महामारीयता कुनैपनि हलिउडको उत्पादनले १ अर्ब डलरभन्दा बढी कमाएको थिएन ।

चीनमा निर्मित चलचित्र द ब्याटल अफ लेक चाङझिनलाई स्पाइडर म्यानले उछिनेको छ ।



प्रतिक्रिया दिनुहोस्