Logo

ग्लोबल बक्स अफिसमा ‘स्पाइडर म्यान : नो वे होम’ले राख्यो यस्तो रेकर्ड



एजेन्सी, १२ पुस। विश्वभरका सिनेमाहलहरुमा हाल प्रदर्शन भइरहेको स्पाइडर म्यान : नो वे होमले १ बिलियन अमेरिकी डलरभन्दा बढीको व्यापार गरेको छ।ग्लोबल बक्स अफिसमा कोरोना भाइरस संक्रमण यता १ बिलियन अमेरिकी डलर कमाउने यो पहिलो फिल्म बनेको हो।

ओमोक्रन संक्रमणबीच फेरि स्वास्थ्य मापदण्ड पालना गर्ने र प्रतिबन्धहरु लागू हुने क्रम बढिरहेको बेला फिल्म रिलिज भएको दुई हप्तामा नै स्पाइडर म्यानले रेकर्ड बनाएको छ। स्पाइडर म्यानको यो संस्करण सन् २०२१ मा सबैभन्दा बढी व्यापार गर्ने फिल्म समेत बनेको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्