Logo

चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



काठमाडौं, १२ पुस। चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-२ चपली डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति लाक्पाले घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेको खुल्न आएपश्चात लाक्पालाई सोही नगरपालिका-४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्