Logo

दोस्रोपटक आमा बन्दै विनिता



काठमाडौं, १२ पुस । नेपाली फिल्म उद्योगकी एक समयकी चर्चित नायिका विनिता बराल दोस्रोपटक आमा बन्न लागेकी छिन् । २०७६ मा पहिलो सन्तानको रुपमा छोरीको जन्म दिएकी ‘चपली हाइट’ गर्ल बरालले आइतबार सामाजिक सञ्जालमा बेबी बम्प सहितको फोटो पोस्ट गर्दै दोस्रोपटक आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

उनले आफ्नो गर्भमा ५ महिनाको बच्चा रहेको पनि बरालले उल्लेख गरेकी छिन् । चपली हाइटबाट एकाएक चर्चामा आएकी बरालले ३/४ वटा फिल्म असफल भएपछि अमेरिका लागेकी थिइन् । अमेरिकाको बसाइको क्रममा उनले २०७६ सालमा तिलक पौडेलसँग विवाह गरेकी थिइन् । उनी हाल गृहस्थी जीवन बिताइरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्