काठमाडौं, १२ पुस । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले आकस्मिक, अन्तरंग जाँच र जनरल बेड निःशुल्क गर्ने भएको छ। कलेजले आगामी पुस १५ गतेदेखि माघ १५ गते सम्म १ महिनाका लागि आकस्मिक, अन्तरंग जाँच र जनरल बेड निःशुल्क गर्ने भएको हो ।
अस्पतालले आईसीयु क्षमता विस्तार गर्ने समेत जानकारी दिएको छ । कलेजको अनुसार अस्पतालमा २३ वेड आईसीयु थपिने छ। अहिले अस्पतालमा ७७ बेड आईसीयु सञ्चालनमा छ। २३ वेड आईसीयु थपिएसँगै अस्पतालमा आईसीयु बेडको संख्या १ सय पुग्नेछ। कलेजको अनुसार आगामी वर्षभित्र मेडिकल कलेजले अस्पतालमा क्याथल्याब सेटपअ गरेर सञ्चालनमा ल्याउनेछ।
अहिले अस्पतालमा १ सिटी स्क्यान र १ एमआरआई मेसिन रहेका छन्। अस्पतालमा ५ वटा अल्ट्रासाउण्ड, १ वटा टेस्लाको एमआई र १ सिटी स्क्यान थपिने छ।
मेडिकल कलेजले प्रयोगशालालाई सुविधा सम्पन्न बनाउने र ब्लड बैंक विशेष सेवा पनि प्रदान गर्ने भएको छ । गरिव तथा बिपन्न वर्गलाई विषेष छुट दिने अस्पतालले जनाएको छ।