Logo

छोरीलाई कोरोना पोजेटिभ देखिएपछि इजराइली प्रधानमन्त्री बेनेट क्वारेन्टाइनमा



एजेन्सी, १२ पुस। १४ वर्षीया छोरीलाई कोरोना पोजेटिभ देखिएपछि इजरायलका प्रधानमन्त्री नेफ्ताली बेनेटले आफ्नो साप्ताहिक क्याबिनेट बैठकबाट बाहिरिएर सेल्फ क्वारेन्टाइनमा बसेका छन् । प्रधानमन्त्री बेनेटकी छोरीलाई कोरोना संक्रमण देखिएपछि उनी क्वारेन्टाइनमा बसेको अन्तराष्ट्रिय संचारमाध्यमहरुमा समाचार छ । छोरीले कोरोना भाइरसको पूर्ण डोज लगाइसकेकी थिइन् ।

इजराइल प्रधानमन्त्री कार्यलयको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इजराइलले लेखेको छ,‘बेनेटकी छोरीलाई संक्रमण देखिएपछि उनी पनि क्वारेन्टाइनमा बस्ने छन् ।’ छोरी संक्रमित भएपछि इरजाइली प्रधानमन्त्री बेनेट क्वारेन्टाईनमा बसेका हुन् । बेनेटको कोरोना परिक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो । छोरी बाहेक सम्पूर्ण परिवारका सदस्यहरु सुरक्षीत रहेको जनाइएको छ । इजराइलमा ओमिक्रोनको समेत त्रास बढ्दै गएको छ । त्यहाँ समेत उच्च सतर्कता अपनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्