Logo

शिक्षा मन्त्रालयले जारी गर्यो नयाँ मापदण्ड, पास हुन न्यूनतम ३५ प्रतिशत



काठमाडौँ, १२ पुस। विद्यालय तह (कक्षा १ देखि १२ सम्म) का कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा पढ्न नपाइने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गर्दै यस्तो मापदण्ड तय गरेको हो ।

निर्देशिका उल्लेख भएअनुसार माथिल्लो कक्षामा पढ्नका लागि विद्यार्थीले कुनै पनि विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक ल्याउनुपर्ने हुन्छ ।सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक प्राप्त गर्न नसकेका विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि ग्रेड वृद्धि परीक्षा दिनुपर्ने हुन्छ । यस्ता विद्यार्थीलाई तीन पटकसम्म ग्रेडवृद्धिको परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

लेटर ग्रेडिङ प्रणालीअनुसार ९० र त्यसभन्दा माथिको प्रतिशत ल्याउने विद्यार्थीको नतिजालाई सर्वोत्तम (ए प्लस) मानिनेछ । ८० र त्यसभन्दा माथि ९० भन्दा कम प्रतिशत अंक ल्याए ग्रेडसिटमा अत्युत्तम (ए) उल्लेख गरिनेछ ।

यस्तै ७० माथि ८० भन्दा कमलाई उत्कृष्ट (बी प्लस), ६० माथि ७० भन्दा कमलाई उत्तम (बी), ५० माथि ६० भन्दा कम सन्तोषजनक (सी प्लस), ४० र त्यसभन्दा माथि ५० भन्दा कमलाई ग्राह्य (सी) र ३५ माथि ४० भन्दा कमलाई आधारभूत (डी) को मान्यता दिइनेछ ।-File Photo

यस्तो छ मन्त्रालयले जारी गरेको निर्देशिका :



प्रतिक्रिया दिनुहोस्