बखतियार अलि, सर्लाही १२ पुष । पुर्व समाजवादी पार्टी र पुर्व राजपा नेपाल पार्टीबीच गत शनिवार माननीय रामबाबु रायको अध्यक्षतामा बैठक बसि जिल्ला समन्वय समिति सर्लाहीको समायोजन भएको घोषणा त्रुटिपुर्ण तथा गलत रहेको जनता समाजवादी पार्टी नेपाल सर्लाहीका अध्यक्ष कौशल किशोर यादवले जनाएका छन् ।
सोमवार एक प्रेस बिज्ञप्ती जारी गर्दै उनले यस्तो बताएका हुन् । जिल्ला कार्य समिति सर्लाहीलाई जानकारी नगराई छलफलबिना केही नेताहरुले आफनो आसेपासेलाई राखि समिति एकलौटी रुपमा गठन गरि घोषणा गरेको भन्दै उनले आफनो गंभिर ध्यानाकर्षण भएको जनाएका छन् ।
पुर्वका दुबै पार्टीको समायोजन सर्वसम्मत् ढंगले तयार गर्दा माथिल्लो कमिटीको उपस्थिती अनिवार्य हुनुपर्नेमा प्रदेश समितिले सहमतीको कुनै प्रयास नै नगरी जिल्ला समन्वय समिति सर्लाही समायोजन भएको घोषणा गर्नु पुर्ण रुपमा पार्टीको विधान र नीतिविपरित रहेको अध्यक्ष यादवले बताए ।
स्थानीय तथा संघीय निर्वाचन नजिँकिदै गएको अवस्थामा यस्ता किसिमका अनैतिक, अव्यवहारिक र अबैधानिक क्रियाकलापले पार्टीको छवि आम जनतामा खराब हुने भएकोले पार्टीको उच्चस्तरीय समितिले सत्य÷तथ्य छानबिन गरि तुरुन्तै सहमतिको आधारमा जिल्ला समन्वय समितिको समायोजन गरि घोषणा गर्न माग गर्दै अध्यक्ष यादवले त्रुटिपुर्ण समायोजन तुरुन्तै सच्याउन जोडदार माग गरेको छ ।