Logo

रेशम चौधरीको नेतृत्वमा पुष १९ गते नागरिक समाजवादी पार्टी दर्ता हुने, चुनाव चिन्ह ढकिया



काठमाडौं, १२ पुस । निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ता गर्ने भएका छन् । उनले यही पुष १९ गते नागरिक समाजवादी पार्टी नामक नयाँ दल दर्ता गर्ने भएका हुन् । उक्त पार्टीको चुनाव चिन्ह भने ढकिया राखिने पनि चौधरीनिकट स्रोतले जनाएको छ। चौधरी अहिले कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा छन् ।

थरूहट क्षेत्रलाई आधारभूमि बनाएर चौधरीले यही पुष १९ गते नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन् । २०१ जनाको केन्द्रीय सदस्य रहनेगरि आयोगमा दर्ता गर्न लागिएको उक्त पार्टीमा थारु र पहाडीहरु सबैलाई समावेशी गरिने जनाईएको छ । दल दर्ताको लागि बाजागाजासहित नेता तथा कार्यकर्ताहरु निर्वाचन आयोग जाने तयारी गरिएको पनि स्रोतले जनायो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot