Logo

कस्तो रहला आजको मौसम?



काठमाडौं, पुस १३ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर चिसो बढेको छ । देशभर चिसो बढेसंगै आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसममा पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले अझै चिसो अनुमान गरिएको छ ।

आज देशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोसमेत महाशाखाले जनाएको छ। त्यस्तै, सुदूर पश्चिम र लुम्बिनी प्रदेशको केहि स्थानहरूमा हल्का वर्षाको सम्भावना प्रवल देखिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot