Logo

सांसदको भूमिका आफ्नै क्षेत्रमा सीमित



काठमाडौं, पुस १३ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक नहुँदा सांसदहरू आफ्ना गृह जिल्लामा पुग्ने गर्दछन्। संसद्को महत्वपूर्ण काम भनेको कानुन निर्माणका साथै सरकारले गरेका कामको निगरानी गर्नु हो तर सांसद्हरू भने आफ्नो क्षेत्रका जनताकै माझमा रमाउनमै बढी रुची देखाउँदै आएका छन्।

संसद्को काम प्रभावकारी बनाउन संसद्का बैठक, समितिका बैठकको निरन्तरता र सांसदको सक्रियताको आवश्यकता हुने भए पनि संसद्ले गर्नुपर्ने कानुन निर्माणका कामभन्दा निर्वाचनमा आफ्नो सिट सुरक्षित राख्नैका लागि भए पनि जनतामाझ गएर गरेको आफूले गरेका विकासको काम देखाउन बढी रुचाउने गरेका कारण संसद्को नियमित काम भने प्रभावकारी देखिँदैन।

सांसदले मुलककै हितका लागि काम गर्नु पर्ने भए पनि सांसदको मुख्य भूमिका आफ्नो पार्टीलाई मात्र खुसी बनाउनु र आफू स्वेच्छाले हिँड्नुमा सीमित बन्न पुगेको सरोकारवालाहरूले बताएका छन्।

सांसद भइसकेपछि उनीहरू सार्वजनिक पद धारण गरेका व्यक्ति हुन्छन र उनीहरू सार्वभौम बन्दछन्। जसबाट उनीहरूले आफ्नो कार्यकालभरि व्यक्तिगत नभई सार्वजनिक काम गर्नुपर्ने दायित्व हुन्छ। ‘नेपालीलाई विकास चाहिएको छ।

विकासको काम सांसदले गर्नुपर्ने अवस्था यहाँ देखिन्छ। बाटोघाटो खानेपानी सिँचाइलगायत कामको विकास गरे मात्र जनता खुसी हुने गर्दछन्, त्यस्तोलाई भोट दिने गर्दछन्। सांसदले कस्तो कानुन बनायो भनेर उनीहरूले खासै चासो दिँदैनन्। यस कुरामा परिवर्तन नआएसम्म सांसदका काममा परिवर्तन नआउने देखिन्छ,’ कर्णालीका एक सांसदले भने।

संसद् अवरुद्ध हुँदा संसद्लाई जिवन्त र परिणाममुखी बनाउनुपर्ने सभामुख अग्नि सापकोटा बताइरहन्छन्। तर, जीवन्त र परिणममुखी कसरी हुन्छ भन्ने विषय संसद् अवरुद्ध नभएको अवस्थामा पनि छलफल गर्नुपर्ने विषय हो। संसद्को बैठक अवरुद्ध नभएर मात्र संसद् जीवन्त हुन सक्दैन र परिणाम पनि दिन सक्दैन।े नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्