Logo

लुमिनस डबल खुशीयाली अफर – लक्की ड्र को भाग्यशाली विजेताहरु घोषणा



काठमाडौं, १३ पुस । अमट्रेड प्रालीले ग्राहकहरुलाई लक्षित गरेर २२ सेप्टेम्बर देखि २२ नोभेम्बर २०२१सम्म ल्याएको लुमिनस डबल खुशीयाली अफरको भाग्यशाली विजेताहरु घोषणा गरेको छ। लुमिनस नेपालको फेसबुक पेज मार्फत प्रतक्ष्य रुपमा पाँच भाग्याशाली बिजेताहरुको गोलाप्रथा बाट छनौट गरिएको हो।

उक्त लक्की ड्र आयोजनामा देशैभरबाट कुल ३०१२ जना ग्राहकहरुले सहभागिता जनाएका थिए। जसमध्ये ५ जना भाग्यशाली ग्राहकहरुले विभिन्न आकर्षक उपहारहरु प्राप्त गरेका छन् ।

विजेताहरुमा सृजना शर्माले इटहरीको हेमन्ता ब्याट्री बाट खरिद गरिएको १६० एम्पीयरको ब्याट्री सिरियल नम्बर 59LDBPE1506023 मार्फत प्रथम पुरस्कार सामसङको ५५ इन्च स्मार्ट टिभी प्राप्त गरेकी छिन् भने बंशिका साउदले एभरेसट सोलार ईनर्जी, महेन्द्रनगरबाट खरिद गररिएको १६० एम्पीयर ब्याट्रीको सिरियल नम्बर H6LDBPE1512062 मार्फत दोस्रो पुरस्कार वनप्लस नोर्ड स्मार्टफोन प्राप्त गरेकी छिन्।

त्यसैगरी निरज सुवेदीले एम एण्ड बि ट्रेडर्स सुरूङ्गा झापा बाट खरिद गरिएको १६० एम्पीयर ब्याट्रीको सिरियल नम्बर 49LDBPE150594 मार्फत तेस्रो पुरस्कार हुवावेको जीटी टु प्रो स्मार्ट वाच हात पार्न सफल भएका छन भने जाउलाखेलका दिपेन्द्र महर्जनले श्री जल विनायक इन्टरप्राइजेज ललितपुरबाट खरीद गरेको १०० एम्पीयर ब्याट्रीको सिरियल नम्बर QAKDANF1046879 मार्फत चौथो पुरस्कार सामसङको २१ लिटर कंवेक्शन माइक्रोवेव प्राप्त गरेका छन।

यसैगरी लुमिनस डबल खुशीयाली अफरको पाँचौं भाग्यशाली विजेता सर्वश्री साकोसले राकेस ट्रेड इन्टरप्राइजेज भक्तपुर बाट खरिद गरेको १६० एम्पीयर ब्याट्रीको सिरियल नम्बर E6LDBPE1509314 मार्फत सामसङको ग्यालेक्सी ट्याब्लेट ए७ लाइट प्राप्त गरेको छ।

यसैबिच लुमिनस पावर ब्याकअप र सोलार सोलुसनको निमित्त नेपालको लागि आधिकारिक वितरक अमट्रेड प्रालीले यस्ता योजनाहरू र विभिन्न गतिविधीहरु भविष्यमा पनि संचालन गर्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्