Logo

भारतका १९ राज्यमा फैलियो ‘ओमिक्रोन’



एजेन्सी, १३ पुस। भारतका १९ राज्यमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण फैलिएको छ। योसँगै विभिन्न राज्यमा कडाइ गर्न थालिएको जनाइएको छ ।

नयाँदिल्लीमा हिजोदेखि लागू हुने गरी रातको समयमा निषेधाज्ञा जारी गरिएको छ। ओमिक्रोनको संक्रमण बढ्न थालेपछि भारतीय स्वास्थ्य विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। आजसम्म भारतमा ७५८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।

हालसम्म सबैभन्दा बढी दिल्लीमा १४२ जनालाई ओमिक्रोन देखिएको छ। यस्तै महाराष्ट्र, गुजरात, तेलांगना, केरला, तामिलनाडु, कर्नाटक, मध्यप्रदेश लगायतका प्रान्तमा पनि ओमिक्रोन संक्रमण बढ्दो क्रममा रहेको छ। ओमिक्रोन संक्रमणबाट बच्न नयाँदिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको अधिकारीहरुले बताएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्