Logo

प्रचण्डले उठाए पार्टीमा ‘यौन अनैतिकता’ को कुरा



काठमाडौं, १३ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा बढ्दो यौन अनैतिकताको विषय उठाएका छन् । उनले राजनीतिक प्रतिवेदनमा यो विषयबारे उल्लेख गर्दै उन्नत संस्कृति सहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव नहुने बताएका छन् ।

प्रचण्डले राजनीतिक प्रतिवेदनमा भनेका छन्,‘जनताले आ हाम्रो पार्टी अन्य पार्टीहरुमा खासै भिन्नता देखिरहेको छैन । कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो छ ।’

प्रचण्डले सांस्कृतिक रुपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको अनिवार्य सर्त भएको उल्लेख गरेका छन् । राजनीतिक प्रतिवेदनमा उनले पार्टीका नेता कार्यकर्ताको यौन जीवनलाई पनि पार्टी सांस्कृतिक स्तर र पहिचान व्यक्त गर्ने सूचकका रुपमा प्रस्तुत गरेका छन् ।

माओवादी नेताहरुकै यौनकाण्ड सार्वजनिक भइरहँदा प्रचण्डले राजनीतिक प्रतिवेदनमै यसबारे उल्लेख गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्