Logo

भन्सार विभागमा परीक्षार्थीले गरे आन्दोलन



काठमाडौं, १३ पुस । लामो समयदेखि स्थगित भएको परीक्षा सञ्चालनको माग गर्दै भन्सार एजेन्ट परीक्षार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । तत्काल परीक्षा गर्न माग गर्दै परीक्षार्थीहरुले भन्सार विभागमा आन्दोलन गरेका हुन् ।

आइतबार भन्सार विभागको महानिर्देशक नारायणप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएर धर्नासहितको आन्दोलन गरेका हुन् । २०७७ साल चैत्रमा ६ सय ६० जना एजेन्टको लागि लाइसेन्स वितरणको लागि बैशाख मै परीक्षा हुनेगरी बिज्ञापन खुलाएको थियो । तर साही समयमा कोरोना महामारीका कारण परीक्षा स्थगित गरेको थियो ।

परीक्षाको तयारीमा बसेका विद्यार्थीहरुले विभागको कार्यालयमा धर्ना दिएर परीक्षा तत्काल सञ्चालन गर्न माग गरेका छन् । ६ सय ६० एजेन्टको लागि ९ हजार बढीले आवेदन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्