Logo

प्रचण्डको विकल्प छैन्, सर्वोच्च कमान्डर उहाँ नै होः अमनलाल मोदी (भिडियोसहित)



काठमाडौं, १३ पुस । नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद अमनलाल मोदीले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउन सर्वोच्च कमान्डरको रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नभएको दाबी गरेका छन् ।

हिजो (सोमबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले पार्टीमा अन्य नेताहरुले आ–आफ्नो भुमिका महत्वपूर्णरुपमा अगाडी बढाइरहेको बताउदै नेतृत्वमा प्रचण्डनै आजको आवश्यकता रहेको बताएका हुन् ।

साथै, उनले आफु ८औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वार रहेको समेत जानकारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot