काठमाडौं, १३ पुस । यातायात कार्यालय ठूलो भ¥याङमा खुल्लमखुला घुसको लेनेदन हुने गरेको खुलेको छ । अत्याधिक सेटिङ हुने र कीर्ते कामसमेत हुने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुले गत ७ गते छापा हानेर कर्मचारी र बिलौलियालाई पक्राउ गरेपनि सेटिङमा उनीहरू छुटेका छन् । कम्प्युटर अपरेटर सन्तोष शाही र केही बिचौलियालाई प्रहरीले पक्राउ गरेको थियो । तर, मुद्दा नचलाई उनीहरूलाई छाडिएको छ । मोटो रकम खर्च गरेर छुटेको उनीहरूले बताएका छन् । यसले स्वयम्भुका डिएसपी मिलन केसीमाथि समेत प्रश्न उठेको छ ।
कम्प्युटर अपरेट शाही कार्यालय प्रमुख संजय थापाका विश्वासप्राप्त कर्मचारी हुन् । उनले सिष्टमलाई अफलाइन बनाएर बिचौलियामार्फत मोटो रकम उठाउने गर्दछन् । न्यूनतम मासिक तीन लाख घुस असुल्ने गरेको स्रोत बताउँछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भएपनि अनुसन्धान रोकाउन चलखेल भइरहेको स्रोत बताउँछ । अझै पनि यातायात कार्यालयले सेटिङमा लाइसेन्ससमेत दिने गरेको स्रोत बताउँछ । फेल भएकालाई समेत पास गराएर लाइसेन्स दिने धन्दा रोकिएको छैन ।
उता, यातायात व्यवस्था कार्यालय लुम्बिनीका प्रमुख तेजनारायण यादबमाथि भने अख्तियारले छानबिन थालेको छ । परीक्षा दिने भन्दा धेरैलाई उत्तिर्ण गराएको खुलेपछि छानिबन सुरु भएको छ । यसअघि पनि उनीविरुद्ध आयोगले मुद्दा दायर गरेकोमा पछि सफाई पाएका थिए । सफाईपछि फेरि उनी यातायात कार्यालयमै पुगेका छन् ।-दृष्टिबाट