Logo

नायिका परमिताले दिइन् यस्तो चेतावनी



काठमाडौं, १३ पुस । नेपाली फिल्म ‘चपली हाइट २’ बाट फिल्म उद्योगमा डेब्यु गरेकी नायिका हुन्–परमिता राज्यलक्ष्मी राणा । नायिका राणाले आफुलाई पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक गर्ने चेतावानी दिएकी छिन् ।

राणाले सामाजिक सञ्जाल इन्स्टाग्राम अकाउन्टको स्टोरीमा मोडलिङ र अभिनय गरेबापतको पारिश्रमिक नपाएको भन्दै नाम नै सार्वजनिक गर्ने चेतावनी दिएकी हुन् ।

समयमा नै पारिश्रमिक नपाउँदा आफु दिक्क भएको समेत उनले गुनासो पोखेकी छिन् । आफुले दुःख गरेर कमाएको पैसा पनि भिक मागेजस्तै मागिररहनु परेको उनको भनाई छ ।

राणाले रोज, चङ्गाचेट, द म्यान फ्रम काठमाडौं जस्ता फिल्ममा उनले अभिनय गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot