Logo

क्रिस्चियन मिसिनरीको लाइसेन्स भारतले किन नवीकरण गर्न मानेन ?



एजेन्सी, १३ पौष । भारतले विदेशी सहयोगमा चलेका परोपकार संस्थाहरुमाथि कडाई गरेको छ । उनीहरुको विदेशबाट रकम ल्याउन सक्ने अनुमतिको आवेदन अस्वीकृत भएको छ । यसरी अस्वीकृत भएकामा ६ गैरसरकारी संस्था छने् जमध्ये ४ इशाई संगठनहरु छन् ।

भारतमा विदेशी सहयोग लिन फरेन कन्ट्रिब्युसन रेगुलेशन एक्ट एफसीआरए लाइसेन्ट अनिवार्य हुन्छ । यो आवेदन अस्वीकृत भएपछि ती संस्थाहरुले विदेशबाट रकम ल्याउन पाउनेछैनन् ।

मदर टेरेसाले चलाएको परोपकार संस्था क्याथोलिक अर्गनाइजेशन पनि स्थानीय कानून अनुकूल नरहेको भन्दै एफसीआरएको लाइसेन्स पाएन । सोमबार भारतको गृह मन्त्रालयले मिसिनरिज अफ च्यारिटिजले विदेशबाट सहयोग लिनका लागि लाइसेन्स नविकरण गर्न आवेदन दिएकोमा अस्वीकार गर्नुको कारण खुलाएको छ । उसले आवश्यक योग्यता पूरा नभएको जनाएको छ ।

अमेरिका केन्द्र रहेका र भारतका संस्थासँग जोडिएका सेभेन्थ डे एडभेनटिस्ट चर्च र बापटिष्ट चर्च पनि पछिल्लो घटनासँग सम्बन्धित छन् । झारखण्डका २, मणिपुर र मुम्बई केन्द्र रहेका ११ इशाई संस्थाहरुको पनि विदेशबाट सहयोग पाउने लाइसेन्स आवेदन अस्वीकृत भएको छ ।

भारतमा २२ हजार ४ सय ५७ संस्थाहरुले विदेशबाट सहयोग ल्याउन पाउने आवेदन दिई लाइसेन्स लिन खोजेपनि २० हजार ६ सय ७४ को रद्द गरिएको छ । ६ हजार ७ सय २ को लाइसेन्सको समय सकिन लागेको जनाइएको छ ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीले गरिब हिन्दु र आदिवासीलाई पैसा, निःशुल्क शिक्षा र बसोबासको प्रलोभनमा धर्म परिवर्तन गराइएको विषय उठाउँदै आएको छ । परोपकारको खोल ओढेर मिसिनरीहरुले धर्म परिवर्तन गराइरहेको भाजपाले आरोप लगाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्