Logo

एमाले पार्टी कार्यालयमा ५६ वर्षीय पुरुषको शव फेला



काठमाडौं, १३ पुस । नेकपा एमाले जुम्ला जिल्ला पार्टी कार्यालयमा एक जनाको शव फेला परेको छ । एमाले पार्टी कार्यालय जुम्लामा ५६ वर्षीय सेतो कुलालको शव फेला परेको प्रहरीले जनाएको छ ।

चन्दननाथ नगरपालिका–१ मा बस्दै आएका कुलाल सडकमा मागी खादै आएका थिए । उनको शव एमालेको निर्माणाधिन कार्यालयमा भेटिएको हो ।

मृतकको अनुहारमा चोट लागेको जनाइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्