Logo

मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगे



काठमाडौं, १३ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायके आज (मंगलबार) नेपाल आइपुगेका छन् ।

दोस्रो पटक नेपालको मुख्य प्रशिक्षकको जिम्मेवमरी पाएका पुबुदु आज नेपाल आईपुगेका हुन् ।

उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघका (क्यान)का पदाधिकारी विमानस्थलमा पुगेका थिए ।

विमानस्थलबाट बाहिर निक्लीने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले नेपाली क्रिकेट टोलीको जिम्मेवारी आफुलाई दिइएकोमा खुसी व्यक्त गरेका थिए ।

साथै, उनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन आफुमा जिम्मेवार थपिएको बताए ।

मंसिर २५ गतेको बसेको क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot