रोल्पा, १३ पुस । नेपाली कांग्रेस रोल्पाका सहसचिवको मोटरसाइकलमा आगजनी गरिएको छ । सहसचिव सुनिलकुमार वलीको रा ५ प ९५२१ नम्बरको मोटरसाइकलमा आइतबार अज्ञात समुहले आगजनी गरेको हो ।
रोल्पा कांग्रेसका उपसभापति हरिबहादुर पुन, सचिव र सहसचिव वडा सदस्य गनबहादुर डाँगीको १३औं पुन्यतिथिमा श्रद्धान्जली सभामा पुगेका थिए । श्रद्धान्जली सभा सकेपछि नेताहरु नदु डाँगीको घरमा बसेको आशंकामा अज्ञात समुहले सोही घर पनि आगजनी गरेका थिए ।
रोल्पा कांग्रेसका सभापति किशोरकुमार आचार्यले एक विज्ञप्ती निकालेर आगजनीमा सम्लग्नलाई कडा कारवाही गर्न माग गरेका छ्रन् ।