Logo

चालक अनुमतिपत्र लाइसेन्स छपाइ फेरी आजदेखि सुरु



काठमाडौं, १३ पुस । लामो समयदेखि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ आजबाट सुरु हुने भएको छ ।

स्मार्ट कार्डको अभावमा रोकिएको लाइसेन्सको छपाई आजदेखि दैनिक १० हजार प्रिन्ट हुने जनाइएको छ । आजदेखि बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म छपाइ मेसिन चल्ने यातायात व्यवस्था विभागले जनाएको छ । स्मार्ट कार्ड मंसिरमा नै नेपाल आएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot