Logo

नेपालले कुवेतलाई दियो २ सय ४० रनको लक्ष्य



काठमाडौं, १३ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले कुवेतलाई २ सय ४० रनको लक्ष्य दिएको छ ।

दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३९ रन मात्र जोड्न सक्यो ।

नेपालका लागि बसिर अहमेदले सर्वाधिक ५६ तथा विवेक मगरले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै, मोहमद आदील आलमले ४९ रनको योगदान गरेभने शेर मल्लले २१ रन जोडे ।

कुवेतका लागि मिर्जा अहमेद र अब्दुल साकिदले समान ३÷३ विकेट लिए ।

यस्तै, हेनरी थोमस र मोहमद बासटाकीले २÷२ विकेट लिएका थिए ।

नेपाल आज सान्त्वना जित निकाल्न चाहन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot