Logo

एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग ४ घण्टाका लागि बन्द



काठमाडौं, १३ पुस । एभरेष्ट बैंक लिमिटेडको मोबाइल बैकिङ्ग आज बेलुका ४ घन्टाका लागि बन्द हुने भएको छ । बैंकको मोबाइल बैकिङ्ग आज ८ बजेदेखि ४ घण्टाका लागि बन्द गरिने बैंकले जानकारी दिएको छ ।

बैंकले हाल प्रयोग गरिरहेको इबीएल टच २४ मोबाइल बैकिङ्ग सेवालाई परिमार्जित गरी आफ्ना ग्राहकलाई सहज, सुलभ तथा अत्याधुनिक प्रविधि सहित थप सूविधा प्रदान गर्ने उद्देश्यले उक्त सेवालाई इबीएल ओम्नी च्यानल प्रणालीमा स्तरोन्नती गर्न लागेकाले मोबाइल बैंकिंग सेवामा अवरुद्ध आउने बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्