Logo

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन



काठमाडौँ, १३ पुस। प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ । आज (मंगलबार) बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो ।

प्रदेशसभामार्फत आज ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको छ । दलीय सहमतिका अधारमा गठन गरिएको समितिको कार्यावधि १५ दिन तोकिएको छ । सोही प्रतिवेदनका आधारमा प्रदेशसभाबाट नाम र राजधानी तय गरिनेछ ।-File Photo

यी हुन् समितिमा रहेका प्रतिनिधिहरू–

१. सभामुख सरोजकुमार यादव – सभापति
२. उपसभामुख उपमा देव – उपसभापति
३. उपेन्द्रप्रसाद कुशवाहा – सदस्य
४. किशोरी साह (कमल) – सदस्य
५. जगतप्रसाद यादव – सदस्य
६. दिलीपकुमार साह – सदस्य
७. परमेश्वर साह – सदस्य
८. विन्देश्वरप्रसाद यादव – सदस्य
९. शत्रुधन महतो – सदस्य
१०. शारदादेवी थपा – सदस्य
११. शिवचन्द्र चौधरी – सदस्य
१२. शैलेन्द्रकुमार यादव – सदस्य
१३. सञ्जयकुमार यादव – सदस्य
१४. सावित्रीदेवी साह – सदस्य
१५. सुन्दरबहादुर विश्वकर्मा – सदस्य
१६. सुरीता साह – सदस्य



प्रतिक्रिया दिनुहोस्

Screenshot