एजेन्सी, १३ पुस । इजरायली सेनाले सिरियाको मुख्य व्यापारिक केन्द्रमा छेप्यास्त्र प्रहार गरेको छ । सेनाले छापा मार्ने क्रममा सिरियाको मुख्य व्यापारिक केन्द्र लतकिया पोर्टमा आज (मंगलबार) छेप्यास्त्र प्रहार गरेको हो ।
इजरायली सेनाको आक्रमणबाट उक्त क्षेत्रमा ठुलो मात्रामा भौतिक क्षति भएको जनाइएको छ । स्थानीय मिडिया साना स्टेट न्युजका अनुसार इजरायली सेनाले लतकिया पोर्ट नजिकै छेप्यास्त्र प्रहार गरेको हो ।
‘दुस्मनहरुले मंगलबार बिहान ३:२१ तिर लतकिया पोर्टनजिकै रहेको कन्टेनरलाई लक्षित गरि सो क्षेप्यास्त्र प्रहार गरेका छन्,’ सिरियाली सेनाको बयान उद्धृत गर्दै साना न्युजले उल्लेख गरेको छ, ‘क्षेप्यास्त्र प्रहारबाट ठूलो मात्रामा भौतिक क्षति भएको छ ।’
स्थानीय टेलिभिजनहरुले सो विस्फोटको भिडियो फुटेजमा आगोको ज्वाला र भग्नावशेषहरु देखाएको छ । यद्यपि, इजरायली सेनाका प्रवक्ताले भने सो घटनाबारे आफूले विदेशी मिडियालाई कुनैपनि प्रतिक्रिया नदिने बताएको अलजजिरामा खबर छ ।-Photo: Agency
Moment of the Israeli strikes on Latakia port by Sham FM. Looks like weapon/ammunition shipment was targeted. pic.twitter.com/PZD844to6H
— TheCrimsonWorm (@PrtyOfNone) December 28, 2021