Logo

यी हुन् प्रचण्डले उल्लेख गरेका विश्व खरिद गर्न सक्ने धन कुबेरहरु (नामावलीसहित)



काठमाडौं, १३ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १०० जना धनकुबेरहरुले चाहेमा विश्व नै खरिद गर्न सक्ने उल्लेख गरेका छन् । उनले यसलाई आर्थिक असमानताको भयावह स्थिति भन्दै ती धनकुबेरहरुको नामावली समेत उल्लेख गरेका छन् ।

प्रचण्डले ८५ प्रतिशत सम्पत्ति २५ प्रतिशत जनसंख्या रहेको धनी देशहरुमा केन्द्रित रहेको बताएका छन् । त्यो पनि अत्यन्त सिमित धनाढ्यहरुको कब्जामा रहेको उल्लेख गरेका छन् ।

प्रचण्डले उल्लेख गरेका विश्वका १० धनकुबेरहरुमा बेनार्ड अर्नल्ट पहिलो नम्बरमा छन् । फ्रान्सका बेनार्डको कुल सम्पत्ति १६६.३ अर्ब डलर रहेको उल्लेख छ । दोस्रो नम्बरमा अमेजनका मालिक जेफट वेनोस छन् । विल गेट्स, मार्क जुकर वर्गको पनि नाम छ ।



प्रतिक्रिया दिनुहोस्