Logo

आज संक्रमणबाट थप दुई जनाको मृत्यु



काठमाडौं, १३ पुस। कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज नेपालमा कोरोनाका २ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २७ हजार ७ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ११ हजार २ सय ६५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ६६ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot