Logo

प्रचण्डले उल्लेख गरेका हतियार एवं सैन्य क्षेत्रमा बढी खर्च गर्ने ११ देश (नामावलीसहित)



काठमाडौं, १३ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विश्वका शक्तिशाली धनी देशहरुले हतियारसहित सैन्य सुरक्षामा अत्याधिक खर्च गरिरहेको उल्लेख गरेका छन् । उनले पूँजीको ठूलो हिस्सा सैन्य क्षेत्रमा खर्चिएको तथ्य उल्लेख गरेका हुन् ।

धनी देशहरुले प्रकृति र मानवीय संरक्षणमा खर्चिनु पर्ने बजेटको ठूलो हिस्सा हातहतियार र सैन्य शक्तिको विकासमा खर्च गरिरहेको भनेका छन् । उनले प्रतिवेदनमा भनेका छन्,‘आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न उनीहरुले नियोजित रुपमा जातीय दंगा, हिंसात्मक भिडन्त र स्थानीय युद्ध थोपरेर व्यापक रुपमा हतियार विक्री गर्ने गरेका अनगिन्ती तथ्यहरु छन् ।’

प्रचण्डले हतियार र सैन्य क्षेत्रमा बढी खर्च गर्ने देशमा अमेरिकाको नाम पहिलो नम्बरमा राखेका छन् । उसको सैन्य बजेट ६०१ अर्ब डलर उल्लेख छ । अमेरिकामा १४ लाख सेना रहेको, ६८ सय आणविक हतियार, ४४ सय ४८ ट्यांक, १३ हजार ८ सय ९२ सैन्य विमान र ७२ पनडुब्बी रहेको तथ्यांक दिएका छन् ।

चीन बढी सैन्य बजेट रहेको दोस्रो देश उल्लेख छ । उसको सैन्य बजेट २१६ अर्ब डलर उल्लेख छ । चीनसँग विश्वकै सबैभन्दा बढी २३ लाख ३३ हजार सेना रहेको उल्लेख छ । २६० आणविक हतियार, ९ हजार एक सय ५० ट्यांक, २८ सय ६० सैन्य विमान र ६७ पनडुब्बी रहेको उल्लेख छ । रुसले साँढे ८४ अर्ब डलर सैन्य बजेट रहेको देश उल्लेख छ । अमेरिकासँग भन्दा रुससँग बढी आणविक हतियार रहेको उल्लेख छ । रुससँग ७ हजार आणविक हतियार रहेको र १५ हजार ३ सय ९८ ट्यांक रहेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot