Logo

विदेश त घुम्न जाने मात्रै हो, काम त आफ्नै देशमा गर्नुपर्छः युवा उद्यमी खुशी पाठक (भिडिओसहित)



काठमाडौं, १३ पुस । परिपक्क उमेरमा मात्र आफ्नै ब्यवसाय गर्नुपर्छ भन्ने आम धारणालाई चुनौति दिदै युवा उद्यमीको रुपमा खुशी पाठक प्रस्तुत भएकी छिन्। २९ वर्षीया श्रृगार व्यवसायी पाठकले आफ्नो एकलौटी लगानीमा थापाथलीस्थित् ब्लुबडमलमा ऐना युनिसेक्स सलैुन संचालन गर्दै आएकी छिन् ।

रिपोर्टर्स क्लब नेपालको युट्युब च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘वैचारिक मन्थन’मा पत्रकार सचिना बानियाँसँग अन्तवार्ताको क्रममा पाठकले हरेक व्यक्तिको इच्छाशत्ति नै सफलताको प्रतिक भएको बताएकी हुन् । सबैलाई भविष्यको सुन्दर सपना देख्न र सपनाको पछि लाग्न सुझाव दिँदै पाठकले सपना देखेपछि अवश्य एकदिन पुरा हुनेमा आफु विस्वस्त रहेको बताइन् ।

२०७२ सालमा आएको प्राकृतिक प्रकोप भुँइचालोले आफ्नो परिवारमा पुर्याएको क्षति र पीडाको कारण आफु केही गर्न उत्साहीत भएको पाठकले सुनाइन् । दोलखामा जन्मिएकी पाठकको कुनै पनि व्यवसाय सचालन गर्न र सफल पार्नलाई म्यानेजमेन्ट राम्रो हुनुपर्ने धारणा छ । उनले सैलुनमा ७ जनालाई रोजगारी दिँदै आएकी छिन् । सौन्दर्यविद् पाठकले हेयर कटिङ मास्टर भारतबाट ल्याएर ग्राहकहरुलाई सेवा दिइरहेको बताइन् ।

सौन्दर्यविद् पाठक विदेश काम गर्न नभएर घुम्न जान मन लाग्ने बताइन् । जोखिम उठाउनुमा नै आनन्द आउँछ भन्दै उनले जोखिम विनाको मानिस सफल हुनै नसक्ने पनि ठोकुवा गरिन् । श्रृगार व्यवसायी पाठकले दैनिक विदेश जाने युवाहरुको संख्या बढीरहेको अवस्थामा युवाहरुलाई विदेश नगएर नेपालमै केहीगर्न सुझाव दिइन् । विदेश पढ्न र घुम्न जाने तर आफ्नो सिप, लगानी चाँही नेपालमै प्रयोग गर्न सुझाव छ । सम्पुर्ण युवाहरुले आफ्नै देशमा पसिना बगाउनुपर्ने उनको धारणा छ । उनले भनिन्, ‘नेपालमै ब्वयसाय गर्ने वातावरण छ, राजनीतिक समस्या सधै उस्तै रहन्न, परिवर्तन भइरहन्छ, त्यसकारण जे गर्नुछ आफ्नै देशमा गर्नुस्, विदेश त घुम्नको लागि जाने हो ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot