Logo

प्रचण्डको प्रतिवेदनः आज निष्कर्ष सुनाइँदै



काठमाडौं, पुस १४ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज निष्कर्ष सुनाइदै छ ।

अपराह्न १२ बजेसम्म अधिकांश समूहले मंगलबार नै वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाउने र त्यसपछि निष्कर्षतर्फ लाग्ने नेताहरुले जनाएका छन ।

समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै सुझाव दिएका छन् ।

ती सुझावलाई समेटेर समूहको समन्वयकर्ता नेताहरूले आज १२ बजेपछि महाधिवेशन स्थल प्रज्ञा भवनमा निष्कर्ष सुनाउने कार्यक्रम रहेको छ ।

छलफलको निष्कर्ष सुनाउन प्रत्येक समूहका समन्वयकर्तालाई १५ मिनेटको समय दिइने माओवादीले बताएको छ । मंगलबार भएको समूहगत छलफलको अध्यक्ष प्रचण्डले स्थलगत अनुगमन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot