काठमाडौं, १४ पुस । एनएमबि बैंक लिमिटेडले स्विस इन्भेस्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट्स (सिफेम)सँग सम्बन्धी सम्झौता गरेको छ । बैंक र सिफेम बिचमा १ करोड २० लाख अमेरिकी डलर (१ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ) ऋण लगानी गर्ने सम्झौता भएको हो ।
बैंकको अनुसार सम्झौतापछि एनएमबि बैंकले सिफेमको लगानी स्थानीय लघु साना तथा मझौला उद्यमलाई कर्जा प्रवाह गर्न, वित्तीय सेवामा पहुँच वृद्धि गर्न, वित्तीय क्षेत्रको विकास, रोजगारी संरक्षण गर्न प्रयोग गर्नेछ ।
नेपालमा पहिलो पटक सिफेमले वाणिज्य बैंकमार्फत ऋण लगानी गर्ने भएको हो । लगानी सम्बन्धी सम्झौता गत नोभेम्बर महिनामा भएको थियो ।