Logo

नेपाल पुनर्बीमाको शेयर मुल्य समायोजन



काठमाडौं, १४ पुस । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १६ दशमलव ५० प्रतिशत बोनश शेयरको मूल्य समायोजन गरेको नेप्सेले जनाएको हो ।

समायोजन अघि प्रति कित्ता १२८७ रुपैयाँ रहेको कम्पनीको शेयर मूल्य समायोजनपछि प्रति कित्ता ११०४ रुपैयाँ ७२ पैसा कायम भएको हो ।

कम्पनीको सभा प्रयोजनार्थ पुस १४ गते (आज) बुक क्लोज गर्ने भएकोले पुस १३ गतेसम्म कायम शेयरधनीले सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्ने छन्।

 



प्रतिक्रिया दिनुहोस्