Logo

काठमाडौंमा महिलामाथि सामुहिक बलात्कार



काठमाडौं, १४ पुस । काठमाडौंको मित्रनगर बसपार्कमा एक महिला बलात्कृत भएकी छिन् । ३४ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको हो ।

घटनामा संम्लग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको जनाएको छ । काठमाडौंका विभिन्न स्थानबाट आठ जना पक्राउ परेका हुन् । घटनामा संम्लग्न एकजना भने अझै फररर रहेको प्रहरीको भनाइ छ ।

महिलामाथि पुस १३ गते रातिदेखि १४ गतेसम्म सामुहिक बलात्कार भएको हो । प्रहरी वृत्त महाराजगञज, परिसर र अपराध महाशाखाको टोली अनुसन्धानमा खटिएको छ ।



प्रतिक्रिया दिनुहोस्