Logo

अमेरिकाको २०२२ मा सुरक्षा खर्च ७६८ अर्ब डलर



एजेन्सी, १४ पौष । अमेरिकाले सन् २०२२ का लागि सुरक्षामा ७६८ अर्ब अमेरिकी डलर बजेट छुट्याएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले सोमबार यससम्बन्धी कानूनमा हस्ताक्षर गरेपछि खर्चको बाटो खुलेको हो ।

द नेस्नल डिफेन्स अथरोइजेसन एक्ट नामको कानूनमा हस्ताक्षर गरेपछि अमेरिका फेरि सुरक्षामा बढी खर्च गर्ने मुलुक बनेको छ । २०२२ को बजेट गत वर्षको भन्दा ५ प्रतिशतले बढी हो ।

अमेरिका विश्वमा सुरक्षामा खर्च हुने रकममध्ये ४० प्रतिशत एक्लैले खर्च गर्दैछ । सुरक्षामा बढी खर्च गर्ने १० मुलुकमा अमेरिका बाँकी ९ मुलुकको खर्च जोड्दा पनि अगाडि छ ।

७६८ अर्ब डलर अर्थात् ९०० खर्ब नेपाली रुपैयाँ बराबरको अमेरिकाको सुरक्षा बजेट विश्वका धेरैजसो देशको कुल ग्राहस्थ उत्पादनभन्दा बढी छ ।

अमेरिकाले सुरक्षामा छुट्याएको बजेट विभिन्न शिर्षकमा खर्च गर्दैछ । उसले आफ्ना प्रतिष्पर्धी राष्ट्रहरुसँग प्रतिरक्षाका लागि पनि यो रकम खर्च गर्ने उल्लेख छ । जसमा चीन मुख्य पर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot