Logo

सिपी गजुरेललाई ऋषि धमलाको प्रश्न : तपाईँको पार्टी प्रचण्डको पार्टीमा विलय हुन लागेको हो ? (भिडिओसहित)



काठमाडौं, १४ पुष । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले आफूहरुको पार्टी प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग विलय हुन लागेको भन्नु गलत रहेको बताएका छन् ।

उनले आफूहरु सच्चा कम्युनिष्टहरु एक हुनुपर्ने पक्षमा रहेको सुनाए । अहिले माओवादी केन्द्रसँग एकता गर्ने आधार नभएको उनको जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेसम्म माओवादीसँग एकताको लागि वार्ताको ढोकापनि नखुलेको जिकिर गरे । अब हुने निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा अब बस्ने पार्टीको बैठकले निर्णय लिने पनि गजुरेलको भनाई छ।



प्रतिक्रिया दिनुहोस्