एजेन्सी, १४ पुस । महिनावारी समयमै नहुनु महिलाहरुको समस्या मध्ये एक हो । मेनोपाज र प्रीमेनोपाजको कारण पनि महिनावारी पछि सर्न सक्छ । यसको असर ४५ वर्ष उमेर समुहका महिलाहरुलाई देखिन्छ ।
१.तौल बढ्दा र घट्दा पनि महिनावारी सहि समयमा हुँदैन् । यदि तपाईको तौल सामान्य तौल भन्दा कम भएमा ओवुलेशनमा समय धेरै लाग्न सक्छ ।
२.यदि तपाईले तनाव धेरै लिनुुहुन्छ भनेपनि यस्तो समस्या आउन सक्छ । तनाबमा हर्मोनल परिवर्तन हुने भएकोले तनाबबाट बच्न नियमित योगा गर्नुपर्छ ।
३. महिलाले गर्भ निरोधक औषधीको प्रयोग गरीरहेको अवस्थामा पनि यो समस्या हुन्छ ।
४.हर्मोनल परिवर्तनको कारणले पनि महिनावारी समयमै हुँदैन् । थाइराइडको समस्याले पनि यसलाई प्रभावित बनाउछ । थाइराइड आवश्यकता भन्दा कम वा धेरै भएमा पनि महिनावारी ढिलो हुने वा चाडो हुनसक्छ ।