दमक, १४ पौष । एउटै मोटरसाइकलमा तीनजना सवार थिए । मोटरसाइकल तिव्र गतिमा थियो । अनियन्त्रित भई मोटरसाइकल रुखमा ठोक्कियो । घटनास्थलमा तीनैजनाको ज्यान गयो ।
यो घटना मंगलबार राति झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा भएको हो ।
प्र १–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमा चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती– ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।
तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।