Logo

पत्नीका लागि अक्षय कुमारले लेखे, ‘तिमी भएर भने मेरो जीवन सजिलो छ’



एजेन्सी, १४ पुस । बलिउड अभिनेत्री ट्विंकल खन्नाले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनको जन्मदिनको अवसरमा उनका पति तथा चर्चित अभिनेता अक्षय कुमारले छुट्टीको तस्बिर सेयर गर्दै सुन्दर क्याप्सन लेखेका छन् । अहिले दुवै जना माल्दिभ्समा छुट्टी मनाउँदै छन् । ट्विंकल एक अभिनेत्री हुनुका साथै लेखक, इन्टेरियर डिजाइनर र फिल्म निर्माता पनि हुन् ।

अक्षय कुमारले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट सेयर गरेको फोटोको क्याप्शनमा लेखेका छन्, ‘तिमी मेरो साथमा छौ, त्यसैले जीवनका कठिनाइहरूसँग लड्न सजिलो हुन्छ । ह्याप्पी बर्थडे टिना ।’ ट्विंकललाई टिना पनि भनिन्छ ।
ट्विंकलले आफ्नो जन्मदिनमा बुवालाई सम्झँदै आफ्नो बाल्यकालको तस्बिर सेयर गरेकी छिन् । उनले पोस्टको क्याप्सनमा लेखेकी छिन्,‘उनी सधैं भन्नुहुन्थ्यो कि म उहाँका लागि सबैभन्दा राम्रो उपहार हुँ। किनकि उहाँको जन्मदिनको दिन म यो संसारमा आएको हुँ । एउटा सानो ताराले ग्यालेक्सीको सबैभन्दा ठूलो तारालाई हेरिरहेको छ। यो हाम्रो दिन हो, अझै र सधैं रहनेछ।’

अक्षय र ट्विंकलको पहिलो भेट एउटा म्यागजिनको फोटोसुटका क्रममा भएको थियो । दुवैले १७ जनवरी २००१ मा विवाह गरेका थिए । दुवै एक छोरा आरव र छोरी निताराका आमाबुवा हुन् ।
अक्षय कुमारकाको ‘अतरंगी रे’ २०२१ को अन्तिम रिलिज फिल्म हो । अर्को वर्ष उनी ‘पृथ्वीराज’, ‘बच्चन पाण्डे’, ‘रक्षा बन्धन’, ‘राम सेतु’ र ‘ओएमजी २’ जस्ता फिल्ममा देखिनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot