Logo

मेलम्चीको पानी छिट्टै राजधानी पु¥याइने मन्त्री चौधरीको विश्वास, देउवा र सिटौलाप्रति आभार व्यक्त (भिडिओसहित)



काठमाडौं, १४ पुष । खानेपानी तथा सरफाईमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री एवं सन्त कृष्णप्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याइने बताएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि आज महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री चौधरीले स्वच्छ खानेपानी उपलब्ध गराउन आफू लागिपरेको सुनाए । उनले अस्थायीरुपमै भए पनि पानी छिटो काठमाडौँ ल्याउन लागिपरेको बताऐ । यसअघि पानी राजधानी आइपुगेका बेला पूर्वप्रधानमन्त्रीले मेलम्चीको सपना अघि बढाउने सन्त नेता भट्टराईको नामसमेत स्मरण गर्न नचाहनु अराजनीतिक घटना भएको उनको टिप्पणी छ ।

पार्टीमा युवाको नेतृत्व स्थापित भएको उल्लेख गर्दै मन्त्री चौधरीले अबका दिनमा सबै तहमा युवा पुस्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले व्यक्तिगत स्वार्थलाई त्याग गरी युवा पुस्तालाई अघि बढाउन भूमिका खेलेको पनि उनले बताए ।

उनले आफूलाई सहमहामन्त्री बनाउनको लागि र मन्त्रीको जिम्मेवारी दिएको भन्दै नेता सिटौला र पार्टी सभापति शेरबहादुर देउवाप्रति पनि आभार व्यक्त गरेका छन् ।

पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टीमा युवाको भूमिका महत्वपूर्ण बनाउनकै लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सिनालगायतले नयाँ सोच र दृष्टिकोणका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

तस्विर तथा भिडिओ : अमृत पौडेल ‘पिपोट’/रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्