Logo

कटुवा पेस्तोल सहित पक्राउ



सुनसरी, १४ पुस । कटुवा पेस्तोल सहित पक्राउ परेका छन् । दुहबी नगरपालिका–३ स्थित सामुदायिक हस्पिटल अगाडि बाटोबाट १ थान कटुवा पेस्तोल सहित ईटहरी उपमहानगरपालिका–१२ खनार बस्ने ३४ वर्षीय काउ भन्ने सुशील साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot