Logo

६ जना जुवाडे नगदसहित पक्राउ



काठमाडौं, १४ पुस । तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ नरेफाटस्थित अमर लिम्बुको कोठामा तास खेलिरहेको अवस्थामा ६ जना मंगलबार राति पक्राउ परेका हुन् ।

उनको कोठमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४३ हजार ९ सय ७५ रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्