Logo

बेलायतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला



काठमाडौं, १४ पुस । कोरोना भाइरसको संक्रमण सुरु भएदेखिनै बेलायतमा धेरै मानिसहरुमा संक्रमण देखिएको छ । बेलायतमा २४ घन्टामात्रै १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य अधिकारीहरुको अनुसार कोरोनाका कारण एकैदिन १८ जनाको ज्यान गएको छ। बेलायतमा हालसम्म १ करोड २३ लाख भन्दा बढी संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट त्यहाँ १ लाख ४८ हजार २१ जनाको ज्यान गएको छ ।

बेलायतमा पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ। जसका कारण त्यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot