Logo

राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छः अध्यक्ष यादव



परासी, १४ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

पार्टीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,“ पार्टीले समय आएपछि एमसिसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।” अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्