Logo

वर्षासँगै चीसो बढेपछि अधिकांश विद्यालय बन्द



काठमाडौं, १४ पौष । अविरल वर्षासँगै चीसो बढेपछि देशका विभिन्न भागमा विद्यालयहरु बन्द गरिएका छन् । विशेषगरी काठमाडौं उपत्यकालगायत पहाडी र उच्च पहाडी भूभागका विद्यालय बन्द गरिएका हुन् ।

उपत्यकाका सबैजसो मन्टेश्वरीहरुले बिहिबार र शुक्रबार बन्द गरेका छन् । वर्षासँगै साना बालबालिकामा चीसोले समस्या बढ्न सक्ने भएपछि बन्द गरिएको विद्यालयहरुले सूचनामार्फत् भनेका छन् ।

शैक्षिक सत्र अन्तर्गत कतिपय विद्यालयमा परीक्षा रहेकाले प्रभावित भएका छन् । शैक्षिक सत्र बेठिक रहेको भन्दै शिक्षक तथा विद्यालय सञ्चालकहरुले प्रश्न समेत उठाएका छन् ।

गएरातिबाट सुरु भएको वर्षा रोकिएको छैन । शुक्रबार मात्र आकाश खुल्ने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्