Logo

भारतमा रोनाल्डोको शालिक विवादमा



एजेन्सी, १४ पौष । भारतमा पोर्चुगलका फुटबल स्टार रोनाल्डोको शालिक विवादमा परेको छ । हालैमात्र अनावरण गरिएको रोनाल्डोको शालिक भारतको पश्चिमी राज्य गोवामा छ । उक्त राज्य पोर्चुगलको उपनिवेश थियो ।

गोवा फुटबल मन पराउने राज्यमध्ये पर्छ । गोवाबासी पोर्चुगलको राष्ट्रिय टिमलाई मन पराउँछन् । त्यसकारण पनि युवाहरुको माग अनुसार शालिक निर्माण गरी अनावरण गरिएको गोवा राज्य सरकारले जनाएको छ ।

तर, कतिपय आलोचकहरुले गोवा पोर्चुगलबाट ६० वर्ष अघि स्वतन्त्र भइसकेको अवस्थामा पोर्चुगलका फुटबल खेलाडीको शालिक राख्नुले गलत सन्देश गएको बताएका छन् । गोवाकै फुटबल स्टारहरुको किन शालिक नबनाएको ? भनी प्रश्नहरु उठेका छन् । यसले स्वतन्त्रता सेनानीहरुको अपमान भएको तर्क समेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot