Logo

पर्यटनलाई सबैभन्दा बढी पुनर्कर्जा



काठमाडौँ, पुस १५ । कोरोना सङ्क्रमण सुरु भएयता सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रले सबैभन्दा धेरै पुनर्कर्जा पाएको छ ।

नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्ममा कुल स्वीकृत ११ अर्ब ८४ करोड चार लाख रुपियाँमध्ये सबैभन्दा बढी ५१.९७ प्रतिशत पुनर्कर्जा पर्यटन क्षेत्रले पाएको छ ।

चालू आर्थिक वर्षको मङ्सिरसम्म जम्मा ११ अर्ब ८४ करोड रुपियाँ बराबरको पुनर्कर्जा स्वीकृत भएको छ । राष्ट्र बैङ्कका अनुसार ९१ कम्पनीले २९ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ११ अर्ब ८४ करोड सात लाख रुपियाँ पुनर्कर्जा प्राप्त गरेका हुन् ।

राष्ट्र बैङ्कका अनुसार कोभिड–१९ अतिप्रभावित पर्यटन, होटल तथा ट्रेकिङ व्यवसायले मङ्सिर मसान्तसम्म कुल छ अर्ब १५ करोड ३३ लाख रुपियाँ पुनर्कर्जा पाएको छ । राष्ट्र बैङ्कका अनुसार सबैभन्दा बढी पुनर्कर्जा बागमती प्रदेशबाट माग भएको देखिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot