१५ पुस : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता हुने भएको छ । उनीहरुका बीचमा बिहीबार फोनवार्ता हुने भएको क्रेमलिनले जनाएको छ ।क्रेमलिनले बुधबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उनीहरुका बीचमा बिहीबार फोनवार्ता हुने भएको हो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सो कुराको जानकारी दिएका छन् । तर पनि उनले सो वार्तामा के कस्ता विषयमा कुराकानी हुने हो भन्ने बारेमा भने केही बताएका छैनन् ।
दुई देशका राष्ट्रपतिका बीचमा यही डिसेम्बर ७ मा पनि भिडियोमार्फत् कुराकानी भएको थियो । त्यस समयमा भने उनीहरुका बीचमा युक्रेनको पछिल्लो अवस्था र त्यहाँ रुसको उपस्थितिका विषयमा कुराकानी भएको बताइएको थियो । त्यस समयमा नेटोका विषयमा पनि कुराकानी भएको थियो । सो वार्तापछि रुसी राष्ट्रपति पुटिनले नेटो सुरक्षासम्बन्धी एक सम्झौता पत्र नै पठाएका थिए ।-सिन्ह्वा/Photo: Agency